२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाले पहिलो साधारण सभा गर्दै गौरा पर्व लाई देउडा र हुड्केली सहित भब्यताकोसाथ मनायो

बिनोद अधिकारी, जाग्रेब क्रोएसिया
August 31

क्रोएसियाको राजधानी जाग्रेबको रिब्न्याक पार्कहलमा ‘सुदूरपश्चिमेली नेपाली समाज क्रोएसिया’ले सुदूर तथा मध्य पश्चिमको माहान चाड गौरा पर्वलाई भब्यताकोसाथ मनाएको छ साथै सोही अवसरमा टीका शर्माको अध्यक्षतामा सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाको आधिकारिक रूपमा गठन भएको छ । देउडा र हुड्केली सहित बिबिध सांस्कृतिक कार्यक्रम गरेर पहिलो साधारणसभा सम्पन्न गरेको छ ।

विशिष्ट अतिथिहरुलाई स्वागत तथा आसन ग्रहण गराएर सुरु भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा NRNA क्रोएसियाका अध्यक्ष सूर्य बहादुर थिङ ( साइमन लामा ) प्रमुख अथितिको रुपमा थिए भने व्यवसायी एवं NRNA का सल्लाहकार एबम व्यवसायी दावा लामा , वरिष्ठ उपअध्यक्ष सुरेन्द्र आले मगर , महासचिव सुजन पौडेल,भूतपूर्व NRNA पोर्चुगलका उपाध्यक्ष एवं व्यवसायी कमल मान गुरुङ,उपअध्यक्ष सुनिल बम लगायत विविध क्षेत्रबाट प्रतिनिधित्व गरेर सहभागी भएका अथितिहरुलाई स्वागत गरेर कार्यक्रम सुरु भएको थियो।

उक्त कार्यक्रममा आयोजक टिमले गौरीको पूजाअर्चना गरी उपस्थित सम्पूर्ण अथितिहरुलाई टीका र बिरुडा प्रसाद वितरण गरेका थिए भने उक्त कार्यक्रममा तीन सयको हाराहारीमा उपस्थित रहेका दशकहरुले टीका ग्रहण तथा प्रसाद बिरुडा खाएर कार्यक्रमको अवलोकन गरेका थिए। टीका शर्माको संयोजकमा गठन भएको सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाको समुद्घाटन तथा पदाधिकारीहरुलाई सार्वजनिक गरिएको थियो। प्रमुख अतिथिका रुपमा रहेका साइमन लामाले सुदूरपश्चिमेलि नेपाली समाज क्रोएसियाका नब निर्वाचित अध्यक्ष एवं अन्य पदाधिकारीहरुलाई खता लगाएर बधाई दिएका थिए ।
देउडा तथा हुड्केली सहित बिबिध सांस्कृतिक कार्यक्रमहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिएको थियो। सुदूरपश्चिममा मनाइने गौरा पर्ब को पुरानो इतिहास झल्काउने डकुमेन्ट्री देखाइएको थियो । उक्त भिडियो डकुमेन्ट्रीमा देउडा तथा हुड्केली नाच को इतिहास र गौराको सामाजिक,धार्मिक र सांस्कृतिक महत्व झल्किएको थियो भने सुदूरपश्चिमको भाषा धर्म, संस्कृति तथा महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरूको श्रव्य दृश्य प्रस्तुत गरिएको थियोे ।
प्रमुख अथितिको रुपमा रहेका NRNA क्रोएसियाका अध्यक्ष साइमन लामाले सम्बोधन गर्दै नेपाली भाषा, कला र संस्कृतिलाई अन्तराष्ट्रिय रुपमा चिनाउन सके महत्वपूर्ण भूमिका खेल्ने कुरा बताएका थिए साथै गैरआवासीय नेपाली सङ्घ सधैँ क्रोएसियामा गठित विभिन्न संघसंस्थाहरुसँग आपसी सहकार्य र हातेमालो गर्दै सबैको हितको निम्ति निरन्तर अघि बढ्ने कुरा राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्रोएसियाका व्यवसायी तथा NRNA CROATIA का सल्लाहकार श्री दावा लामा ज्यु ले नवगठित सुदुरपश्चिमेली नेपाली समाज क्रोएसियाका अध्यक्ष टीका शर्मा लगायत सम्पूर्ण टिमलाई बधाई दिँदै आगामी दिनमा नेपालीहरूको समस्याहरूमा लागि पर्नको लागि आग्रह समेत गरेका थिए ।

साथै पोर्चुगल एनआरएनका भूतपूर्व उपअध्यक्ष एवं क्रोएसियाका व्यवसायी कमल मान गुरुङ ज्यु ले सबै पदाधिकारीलाई बधाई दिँदै आफ्नो लामो समयको युरोप बसाईको अनुभवलाई बताउँदै उपस्थित सम्पूर्ण नेपालीहरुलाई सीप र भाषा सिक्न आग्रह गरेका थिए ।

नब निर्वाचित सुदुरपश्चिमेली नेपाली समाज क्रोएसियाका अध्यक्ष टीका शर्माले गौरा पर्बको इतिहास तथा पर्वको धार्मिक ,सामाजिक तथा सांस्कृतिक महत्वको विषयमा जानकारी दिएका थिए साथै गौरा पर्वको संयोजक र साधारणसभाबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध चयन गर्ने सुदूरपश्चिमेली नेपाली बासीहरु प्रति आभार व्यक्त गरेका थिए । साथै नवगठित समाजले अन्तर्राष्ट्रियरुपमा सुदूरपश्चिमको भाषा ,धर्म र संस्कृतिलाई जगेर्ना एवं नेपालको पर्यटकिय क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।

Himalyan Curry Restaurant मा उपस्थित अनुमानित 3 सय नेपालीलाई सुदूरपश्चिमको प्रख्यात खाना फाँडो खाना खुवाएर आयोजक समूहले कार्यक्रम सम्पन्न गराएको थियो ।

सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक महत्व बोकेको गौरा पर्ब लाई यसरी विदेशमा विभिन्न कार्यक्रम गरेर मनाउदै गर्दा नेपालीहरु आफ्नो देश आफ्नो परिवेश आफ्नो देशको संस्कृति र आफ्नो संस्कारलाई कहिले भुल्न सक्दैनन् भनेर यो पर्वको कार्यक्रमले प्रष्ट गरिदिएको छ । देश छाडेर बिदेश आउने अनेक कारणहरु हुन्छन् तर नेपालीले आफ्नो देशको संस्कार आफ्नो देशको संस्कृति कहिल्यै पनि भुल्न सक्दैन।
त्यसैले त भनिन्छ ‘एकपटकको नेपाली सधैंको लागि नेपाली’ चाडपर्वको बेलामा आफ्नो परिवार देखि टाढा रहेका नेपालीहरूको लागि विदेशमा मनाइने यस्ता कार्यक्रमले एक-अर्काका दुःख सुख साथै माया प्रेम बाँड्ने माध्यम बन्छ र नेपालीहरूको राम्रो एकता छ भनेर विदेशमा राम्रो सन्देश को प्रवाह हुन्छ ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस