२०८२ बैशाख १५ गते सोमवार | 2025 April 28th Monday

गैरआवसीय नेपाली संघ क्रोएसियाले गर्ने सांगीतिक कार्यक्रमा सुनिता दुलालको विशेष प्रस्तुति

क्रोएसिया जाग्रेब
बिनोद अधिकारी

गैरआवसीय नेपाली संघ क्रोएसिया द्वारा नेपालीहरूको माहान पर्व विजयादशमी,दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै शुभकामना आदनप्रदान तथा सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

गैरआवसीय नेपाली संघ क्रोएसियाले आयोजना गर्ने उक्त कार्यक्रममा राष्ट्रिय कलाकार सुनिता दुलालको विशेष सांगीतिक प्रस्तुति रहने छ साथै क्रोएसियामा भएका नेपाली कलाकारहरुले पनि सांगीतिक तथा विभिन्न मनोरञ्जनका प्रस्तुति राख्ने छन् ।

क्रोएसियाको राजधानी जाग्रेब स्थित रहेको City Plaza भित्र Mozaik Event Centar मा कार्यक्रम हुने गैरआवसीय नेपाली संघ क्रोएसियाले जानकारी दिएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जाग्रेब सिटिका उप मेयर लुका कोरलेट को उपस्थिति रहनेछ ।

Location;city plaza Zagreb’ mozaik Event Center
28 October, Saturday
Time ; 14:00 to 20:00

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस