२०८१ चैत्र २ गते आइतवार | 2025 March 16th Sunday

तामाङ समाज क्रोएसियाले सोनाम ल्होछार लाई साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर मनाउदै

फेब्रुअरी 2 , क्रोएसिया

तामाङ समाज क्रोएसियाले पहिलोपटक क्रोएसियामा सोनाम ल्होछारलाई विभिन्न साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर मनाउने भएका छन्।

क्रोएसियालाई कर्मथलो बनाउँदै आएका तामाङहरूले सामाजिक संस्था तामाङ समाज क्रोएसिया गठनसँगै पहिलोपटक २८६० औँ( डुक-ल्ह्यो ) सोनाम ल्होछार आयोजना गरी बृहत् साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम गर्ने भएका छन्।

११ फेब्रुअरी आइतबारको दिन आयोजना गरिने सोनाम ल्होछार कार्यक्रममा चर्चित तामाङ सेलो गायक रामबाबु योन्जनको विशेष साङ्गीतिक प्रस्तुतिहरू रहनेछन्। त्यस्तै क्रोएसियामा रहेका गायक रमित लामा, प्रनिल वाइबा तामाङ लगायत अन्य कलाकारहरूले पनि सहभागी भएर विभिन्न सांगीतिक प्रस्तुति राख्ने भएका छन् ।

तामाङ समाज क्रोएसियाले आयोजना गर्ने सोनाम ल्होछार कार्यक्रममा क्रोएसियामा छहरिएर रहेका तामाङहरू लगायत सबै नेपालीहरूलाई उपस्थितिको लागि अनुरोध गर्दै चुले निम्तो दिएका छन् सो कुराको जानकारी सचिब बुद्ध लामा सह-सचिव जीवन घलानले युरो सञ्चार लाई जानकारी दिएका छन्।

सोनाम लोछार तामाङ समुदायले प्रत्येक वर्ष पुरानो वर्षको विदाई र नयाँ वर्षको आगमनको उपलक्ष्यमा मनाइने तामाङहरूको ठुलो मौलिक पर्व हो । जसलाई तामाङहरूले नयाँ वर्ष वा नयाँ युगको सुरुवातको रुपमा मनाउने गर्दछन्। मञ्जुश्री पात्रोअनुसार 2860 औँ वर्ष सुरु भएको छ । तामाङहरूले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाउछन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

लोछार कार्यक्रम निम्न स्थान र मितिमा हुनेछ।

प्रमुख आकर्षकहरु,

१,रामबाबू योन्जन(चर्चित गायक)
२,रमित लामा (चर्चित गायक)
३,प्रनिल वाइबा (म्हेन्दो माया गायक)
नोट:- स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने छ।
>मिति:-11february 2024
>स्थान:-मेन स्क्वायर(Agusta Casarca,2 Zagreb) Kontesa HalL.
>समय:-दिउँसो 2;00

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस