२०८१ चैत्र २ गते आइतवार | 2025 March 16th Sunday

क्रोएसियामा नेपाली नयाँ वर्ष साँझ ; प्रीतिआले ,समीक्षा अधिकारी र तुलसीको सांगीतिक प्रस्तुति रहने

क्रोएसिया / मार्च 3

नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर नेपाली चर्चित कलाकार प्रीति आले ,समीक्षा अधिकारी र तुलसी सिवाकोटीले क्रोएसियाबासी नेपालीहरूलाई मनोरञ्जन दिन क्रोएसिया आउने भएका छन्।

हाम्रो कफिबार ,सोभरिया डट कम र आकृति कलेक्सन को आयोजनामा हुने नेपाली नयाँ वर्ष साङ्गीतिक साँझ कार्यक्रममा लोकप्रिय तथा चर्चित कलाकार प्रीति आले र समीक्षा अधिकारी पहिलोपटक क्रोएसिया आउने भएका हुन् भने तुलसी सिवाकोटीले क्रोएसियामा दोस्रोपटक सांगीतिक प्रस्तुति दिँदै छन्।

नेपाली नयाँ वर्षलाई लक्षित गर्दै हुने सांगीतिक कार्यक्रममा क्रोसियाको राजधानी जाग्रेबको (peron 16 ) हल मा आगामी अप्रिल १४ आइतबारको दिन साँझ ४ बजेदेखि राति १० बजेसम्म साङ्गीतिक कार्यक्रम हुने जानकारी हाम्रो कफी बार ,सोभरिया डट कम र आकृति कलेक्सनका सञ्चालक दुर्गा अधिकारी (सबिन )ले युरो सञ्चार लाई जानकारी दिएका छन्।

उक्त कार्यक्रमको प्रवेश टिकट साधारण २० यूरो र भिआइपी १०० युरो गरि दुई चरणमा वर्गीकरण गरिएको छ । भिआइपी टिकट अन्तर्गत १०० युरोमा बढीमा चार जनाको समूह सम्म प्रवेश गर्न पाउनेछन्न साथै उक्त समूहलाई बस्नका लागि बेन्च, टेबल सङै एक पटकको लागि नन अल्कोहोलिक कोल्डड्रिङ्सको व्यवस्था हुनेछ । साथै गैर-आवासीय नेपाली संघ (NRNA) क्रोएसियाको पञ्जीकृत सदस्य बनेका क्रोएसिया बासी नेपालीहरूका लागि आयोजक टिमले टिकट खरिदमा १५% छुटको घोषणा गरेका छन्।

मार्च ४ देखि हाम्रो कफिबार ,सोभरिया डट कम, बुद्धमार्ट हिमालयन करी गरी चार स्थान बाट टिकट उपलब्ध हुनेछ ।
प्रमुख स्पोन्सर मा हिमालयन करि रहेको छ भने आप्पा होस्टेल ,काठमाडौँ मार्ट, बुद्धमार्ट ,अल्फा डेलिभरी , SARA HUMAN RESOURCE ,SARA DIZAJN .D.O.O. ले कार्यक्रमलाई स्पोन्सर गरेका छन् ।

NRNA क्रोएसिया, मोना क्रोएसिया ,सुदूरपश्चिमेली समाज गोरखा समाज ,कार्यक्रमको समर्थित रहेका छन् साथै
मिडिया पार्टनरमा युरो सञ्चार रहेको छ।

कार्यक्रम हुने स्थान : peron 16 magazinska ul. 16 Zagreb
हाम्रो कफि बार : +385912345675

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस