बिनोद अधिकारी ,जाग्रेब क्रोएसिया
पछिल्लो समय क्रोएसियामा विभिन्न संघ संस्थाहरुको गठन भएका छन् । गोरखा जिल्लामा जन्मिएर हुर्किएका र क्रोएसियालाई कर्मथलो बनाउदै आएका गोर्खालीहरुले क्रोएसियाको राजधानी जाग्रेबमा गोर्खाली समाज क्रोएसियाको गठन सप्पन्न गरेको छ।
9,1,2023 को दिन प्रलय पुडासैनीको अध्यक्ष्तामा नयाँ कार्यसमिति गठन भएको जानकारी गोर्खाली समाज क्रोएसियाका वरिष्ठ सल्लाहकार सुरेन्द्र आले मगरले दिए साथै क्रोएसियालाई कर्मथलो बनाउँदै आएका गोर्खालीहरुलाई एकता र सहकार्य भन्ने मुल मन्त्रका साथ गोरखा जिल्लाको कला ,भाषा, धर्म , संस्कृति एवं ऐतिहासिक तथा धार्मिक क्षेत्रहरू लगाएत पुरानो गोर्खाको मौलिक परम्पराहरुको संरक्षण, प्रवर्द्धन साथै गोरखाको चिनारीलाई जीवन्त राख्ने उद्देश्यका साथ संस्था गठन भएको जानकारी दिए ।
गोर्खाली समाज क्रोएसियाले क्रोएसियामा रहेका गैर गोर्खालीहरूको समस्यामा पनि अग्रपंतिमा उभिने अठोट गरेको छ। साथै क्रोएसियामा रहेका नेपालीहरूको सुख, दुःख लाई आत्मसात गर्दै यहाँ रहेका अन्य संघसंस्थाहरुसँग पनि हातेमालो गर्दै अगाडि बढ्ने संकल्प लिएको छ।
मुख्य कार्यालय काठमाडौँमा रहेको गोर्खाली समाज खाडी मुलुक लगायत अमेरिका,अस्ट्रेलिया,जापान, युके र यूरोपका विभिन्न देशहरुमा गठन गरिएको छ।
गोर्खाली समाजले गोरखा जिल्लाको पर्यटकीय क्षेत्रमा उल्लेखनीय योगदान दिँदै भूकम्प, प्राकृतिक प्रकोप, कोरोना जस्ता समस्याहरु उत्पन्न हुँदा आर्थिक तथा विभिन्न सहयोग गर्दै आएको छ।
कान्छो गोर्खाली समाजको रुपमा उभ्याइएको गोर्खाली समाज क्रोएसियाले गोर्खाली समाजको विधि ,विधान र त्यही सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढ्ने प्रतिबद्धता गरेको छ।
गोर्खाली समाज क्रोसियाका पधाकारीहरु :-
1:अध्यक्ष : प्रलय पुडासैनी
2:उपाध्यक्ष :राजन सुनार
3:सचिब :हरि तमाङ्ग
4:सह-सचिब सिर्जना श्रेष्ठ
5 कोषाअध्यक्ष विश्व गुरुङ
6 सह कोषाअयक्ष विकाश थापा मगर
7 बरिस्ठ सलाहाकार :सुरेन्द्र आले मगर
सक्रिय सदस्यहरुमा::
8 दिपक सिर्मल
9 सन्तोष श्रेष्ठ
10 राम माया गुरुङ ,
11 सुनिता मल्ल
,टीका सुनार,बिकल गुरुङ ,मन माया गुरुङ ,हरि देब्कोटा, हरि धिताल , नविन राना ,टिका सुनुवार , बम बहादुर ,रमेश भट्ट , कुमार भट्ट , अबुध भट्ट , अविरल गुरुङ ,छत्र बि क ,जय गुरुङ , इशोर दुवादी , लक्ष्मी बानिया , रिता बानिया , सुर्य बराम ,अबिरल गुरुङ रहेका छन् ।