२०८१ मङ्सिर ६ गते बिहिवार | 2024 November 21st Thursday

ब्लु हर्स इन्टरटेनमेन्ट माल्टा र दक्षिण कोरियाली नेपालीहरुको सहकार्यमा भुकम्प पिडितहरुलाई राहत

नोभेम्बर -२२,क्रोएसिया

जाजरकोट जिल्ला अन्तर्गत छेडागाड नगरपालिका वडा नं १० का ६० घरधुरी भुकम्प पीडितलाई ब्लु हर्स इन्टरटेनमेन्ट माल्टा र दक्षिण कोरियाली नेपाली समाजहरुको सहकार्यमा भुकम्प पिडितहरुलाई राहत वितरण गरिएको छ ।

जाजरकोट र रुकुम पश्चिमलाई निकै ठुलो जिउ धनको क्षति पुर्याएको हुदाँ यस विपदको समयमा त्यस क्षेत्रका पिडित परिवारलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले ब्लु हर्स इन्टरटेनमेन्ट माल्टा र हान्वा ओसन नेपाली एकता समाज दक्षिण कोरिया, ड्रिम मोक्चाङ नेपाली चर्च दक्षिण कोरियाको सहकार्यमा मङ्सिर ६ गतेका दिन जिल्ला प्रसासन कार्यालय, जिल्ला विपद व्यवस्थापन समिति जाजरकोट अन्तर्गत छेडागाड नगरपालिका वडा नं १० का ६० घरधुरी भुकम्प प्रभावित परिवारलाई करिब ३ लाख ५० हजार बराबरको आधारभूत आवश्यकता राहत सामाग्री वितरण गरिएको हो । त्यस क्षेत्रमा ६० थान त्रिपाल, ६० थान फाईबर सिरग र ६० वटा म्याड वितरण गरिएको हो।
दक्षिण कोरिया अवस्थित दिपक किरण रावत र गणेश रावत सगँको सयुक्त पहलमा “भूकम्पका कारण आफ्नो घर गुमाएका र बासको बैकल्पिक व्यवस्था नभएका पिडितहरुलाई स्थानीय प्रशासन सँग समन्वय गर्दै राहत वितरण गरेको र भविष्यमा पनि सक्रिय रहेर निरन्तर रुपमा सहयोग पुर्याउने ब्लु हर्स इन्टरटेनमेन्टका‌ सचिव अमर रावतले बताए।

यो सहयोगले यस प्रकोपले दुखमा परेका पिडितहरुलाई राहत मिलेको र यस राहत सामाग्री सहयोग प्रति पिडितहरु आभारी भएर धन्यवाद दिएको ब्लु हर्स इन्टरटेनमेन्टका प्रचारप्रसार प्रमुख छेसाङ लोप्चन(अशिम)ले जानकारी दिए।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस