नोभेम्बर -28 , क्रोएसिया
पछिल्लो समय क्रोएसियामा विभिन्न संघ-संस्थाहरुको गठन हुने क्रम तीव्र रूपमा बढ्दैछ । क्रोएसियालाई कर्मथलो बनाउँदै आएका तमुहरुलाई एउटै छातामुनि ल्याई आफ्नो भाषा,धर्म,संस्कृति लगायतका प्रमुख परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तमु समाजको क्रोएसिया को गठन सम्पन्न भएको छ ।
क्रोएसियाको राजधानी जाग्रेब मा 26 नोभेम्बर 2023 आइतबार को दिन बसेको बैठकले तमु समाजको अध्यक्ष पदमा विष्णु होस्टेलका संचालक अमित गुरुङ लाई सर्वसम्मत चयन गराएका छन् ।
साथै अमित गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको जानकारी तमु समाज क्रोएसियाका बरिष्ठ सल्लाहकार एवं संरक्षक कमल मान गुरुङ ले युरो संचार लाई जानकारी दिएका छन्।
तमु समाज क्रोएसियाले हरेक वर्ष आउने ल्होसार ,चेलिबेटी भातखुलाई लगायत तमुहरुको विभिन्न कार्यक्रमहरु गर्ने प्रतिबद्धता गरेको छ।
मुख्य कार्यालय काठमाडौँ रहेको ” तमु समाज” अमेरिका, युके , अस्ट्रेलिया , जापान र यूरोपका विभिन्न देशहरुमा गठन गरिएको छ ।
तमु समाज क्रोएसियाका पदाधिकारीहरूको नामावली यस प्रकार रहेको छ
अध्यक्ष : अमित गुरुङ
उपाध्यक्ष ; सन्तोष गुरुङ
उपाध्यक्ष ; चुमन गुरुङ
महासचिव ; मेष गुरुङ
सचिव ; सुरेश गुरुङ
कोषाध्यक्ष ; सुवास गुरुङ
सह-कोषाध्यक्ष ; प्रकाश गुरुङ
संरक्षक तथा सल्लाहकार ; कमल मान गुरुङ
सदस्यहरु
1, Pradip Gurung
2, Buddhi Gurung
3, Megh Gurung
4, Meena Gurung
5, Bidhan Gurung
6, Anjana Gurung
7, Nisha Gurung
8, Rishma Gurung
9, Sagun Gurung
10, Darshan Gurung
11, Khem Gurung
12, Yam Prasad Gurung
13, Mohan Gurung