२०८१ मङ्सिर ६ गते बिहिवार | 2024 November 21st Thursday

तमु समाज क्रोएसियाले ‘तमु ल्होसार’ भव्यताको साथ सम्पन्न गर्यो – Euro Sanchar

जनवरी 10, क्रोएसिया

क्रोएसियामा भर्खरै उदाएको सामाजिक संस्था तमु समाज क्रोएसियाले तमुहरूको महान चाड तमु ल्होसार कार्यक्रमलाई क्रोएसियाको राजधानी जाग्रेबमा भव्यताको साथ सम्पन्न गरेको छ।
तमु समाज क्रोएसियाका संस्थापक तथा संरक्षक कमल मान गुरुङको पहलमा संस्था स्थापना भए संगै तमुहरूको मौलिक पर्व २०२४ जनवरी ७ आइतबारको दिन क्रोएसियामा भएका सम्पूर्ण नेपालीहरुलाई ल्होसार कार्यक्रममा तमु समाजको चुले निम्तो थियो ।

तमु समाज क्रोएसियाले सम्पन्न गरेको तमु ल्होसार कार्यक्रममा प्रमुख अतिथिका रुपमा एनआरएनए क्रोएसियाका अध्यक्ष श्री सूर्यबहादुर थिङ( साइमन लामा) को उपस्थिति थियो भने विशेष अतिथिमा क्रोएसियाका सफल व्यवसायी , समाजसेवी तथा एनआरएनए क्रोएसियाका सल्लाहकार दावा लामाको उपस्थिति थियो साथै मोना क्रोएसियाका संस्थापक तथा संरक्षक राम शर्मा मोनाको महिला उपाध्यक्ष तथा एनआरएनए क्रोएसियाको महिला संयोजक सपना जुग्जाली, उपाध्यक्ष हर्क साहु , तामाङ समाजको उपाध्यक्ष गनबहादुर तामाङ, गोर्खा समाजका अध्यक्ष प्रलय पुडासैनी, सुदूरपश्चिम समाजका संरक्षक मानसिंह धामी ,सुजन पौडेल
त्यस्तै नवगठित एनआरएनए क्रोएसियाका नवनिर्वाचित उपाध्यक्ष सुनिल बम खाती , महासचिव हरि घिमिरे ,कोषाध्यक्ष दुर्गा अधिकारी ,महिला उपाध्यक्ष रञ्जना चौहान ,सरगम मिडियाका गगन तामाङ , मनि काफ्ले लगायत व्यक्तिहरूको उपस्थिति थियो।

तमु समाज क्रोएसियाका अध्यक्ष तथा सभा अध्यक्ष अमित तमुलाई स्वीकृति लिँदै उद्घोषक तमु समाजका महासचिव सविन तमुले ल्होसार कार्यक्रम सञ्चालन गरेका थिए साथै चन्द्र तमुले साथ दिएका थिए त्यस्तै उपाध्यक्ष सन्तोष तमु र छुमन तमुको नेतृत्वमा क्रमश हल व्यवस्थापन र खानाको व्यवस्थापनमा खटिएका थिए।
त्यस्तै तमुहरूको संस्कृति ,भेषभुषा लगायत तमुको चिनारी झल्किने नृत्य तथा गायन कार्यक्रम भएको थियो । नृत्यतिर तमु समाजका कलाकार रिश्मा गुरुङ ,प्रविन गुरुङ, एलिना अधिकारी, किन्सल गुरुङ, अमिन गुरुङ मेष गुरुङ र रश्मी गुरुङ र गायन तर्फ अविरल गुरुङ लगायतले उपस्थित अतिथिहरुलाई मनोरञ्जन दिएका थिए भने उपस्थित प्रमुख अतिथि र विशेष अतिथि मा रहेका व्यक्तिहरूले क्रमश छोटो ल्होसार शुभकामना मन्तव्य राखेका थिए।
एनआरएनएका अध्यक्ष साइमन लामा र तमु समाजका संस्थापक तथा संरक्षक कमलमान तमुले तमु समाजका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रमको अन्तिममा तमु समाजका अध्यक्ष अमित तमुले उपस्थित रहेका सम्पूर्ण अतिथिहरुलाई ल्होसार कार्यक्रममा आएर शोभा बढाइदिनु भएको भन्दै खुसी व्यक्त गरेका थिए । तमुहरुको चाडपर्वहरूलाई विदेशको भूमिमा रहेर पनि मनाउन पाउँदा तमु समाजको टिम हर्षित भएको र आगामी दिनहरूमा पनि कार्यक्रमहरू गर्ने वाचा गर्दै कार्यक्रम अन्त्य भएको घोषणा गरेका थिए।

तमु समाजका पदाधिकारीहरूले ४०० जना उपस्थित रहेका नेपाली अतिथिहरूलाई पुलउ खाना सेट खुवाएर बिदा गराएका थिए।
तमु समाजका संस्थापक संरक्षक तथा क्रोएसियाका सफल व्यवसायी कमलमान तमुले ल्होसार कार्यक्रम तमुहरूको चिनारी र ठूलो पर्व रहेको र पहिलोपटक समाज गठन गराएर छोटो अवधिमा क्रोएसियामा पहिलोपटक भव्य ल्होसार कार्यक्रम गर्न पाउँदा सम्पूर्ण टिम हर्षित भएको जानकारी दिएका थिए । १७ वर्षदेखि युरोपमा संघर्ष तथा व्यवसाय गर्दै आएका गुरुङ पछिल्लो समय क्रोएसियामा समाज सेवा देखि विभिन्न क्षेत्रमा सक्रिय छन्।


तमु समाज क्रोएसियाले आयोजना गरेको ल्होसार कार्यक्रममा विभिन्न व्यक्तिहरूबाट निम्न आर्थिक सहयोग भएको छ।

अध्यक्ष सूर्यबहादुर थिङ( साइमन लामा); 200 euro
उपाध्यक्ष सुनिल बम खाती ; 10 euro
हरि घिमिरे : 20 euro
दुर्गा अधिकारी : 50 euro
सपना जुग्जाली : 10 euro
रञ्जना चौहान :
उपाध्यक्ष हर्क साहु :10 euro
व्यवसायी तथा एनआरएनए क्रोएसियाका सल्लाहकार दावा लामा :105 euro
तामाङ समाज : १०० युरो
आप्पा हिमालयन होस्टेलका सञ्चालक सिंहबहादुर योन्जन पासाङ :150 euro
मोना क्रोएसियाका संस्थापक तथा संरक्षक राम शर्मा : 10 euro
व्यवसायी, समाजसेवी सुदूरपश्चिम समाजका संरक्षक मानसिंह धामी : 102 euro

प्रकाशित मिति : २०८० पुष २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस