फेब्रुअरी ११ , क्रोएसिया
तामाङ समाज क्रोएसियाले मञ्जुश्रीसम्मत २८६०औँ ( डुक-ल्ह्यो ) को अवसर पारी क्रोएसियाको राजधानी जाग्रेबमा पहिलोपटक सोनाम ल्होछार लाई शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम गरेर सम्पन्न गरेको छ।
क्रोएसियामा छहरिएर रहेका तामाङहरूले तामाङ समाज क्रोएसियाको गठन गरे सँगै पहिलोपटक क्रोएसियाको राजधानी जाग्रेबको मेन स्क्वायर कन्टेसा हलमा ११ फेब्रुअरी आइतबारको दिन कार्यक्रमलाई भव्यताको साथ सम्पन्न गरेको हो।
तामाङ समाज क्रोएसिया हल व्यवस्थापनमा चुक्यो- दर्शक बने रुष्ट
तामाङ समाज क्रोएसियाले सोनाम ल्होछार कार्यक्रमको अवसरमा क्रोएसियामा रहेका तामाङ समुदायका व्यक्तिहरू तथा नेपालीहरूलाई चुले निम्तो सहित निमन्त्रणा गरेका थिए एक महिना अगाडिबाट प्रचार भएको कार्यक्रममा दर्शकहरूको घुइचो नै लागेको थियो। कार्यक्रम २ बजेर ३० मिनेट हुँदा सुरु भएको थियो तर 3 बजेर १५ मिनेट जाँदा एकाएक गेट बन्द भयो हाम्रो युरो सञ्चारको टिमलाई केहीबेर हल व्यवस्थापकले भित्र छिर्न प्रवेश रोक लगाए केहीबेरमा आयोजक टिमको एक व्यक्तिले प्रेसको मान्छे हो भन्दै हल व्यवस्थापकसँग अनुरोध गरेर भित्र छिराए कार्यक्रम स्थलभित्र अनुमानित ३०० को हाराहारीमा दर्शकहरू थिए भने बाहिर अनुमानित ५०० भन्दा माथि दर्शकहरु थिए। आयोजक टिम दर्शकहरुलाई प्रवेश रोक लगाएको भन्दै हल व्यवस्थापकसँग चर्काचर्की नै गरेका थिए ।
तर हल व्यवस्थापकले भने ३०० भन्दा बढी दर्शकको क्षमता रहेको हलमा सो-भन्दा धेरै दर्शकहरूलाई प्रवेश दिन नसक्ने भन्दै कार्यक्रम नै बन्द गर्न निर्देशन समेत गरेको थियो।
प्रवेश गर्न नपाएका दर्शकहरूको उत्तेजित भिडले गेट लगायत पर्दाहरू च्यातेका थिए भने केही व्यक्तिहरू चिच्याइरहेका थिए एक व्यक्तिले त भित्र छिर्न नपाएको झोक मा आफ्नै टाउकोमा सिसाले हानेका थिए ।
सो भिडमा पत्र काटेर बोलाइएका विभिन्न विशिष्ट व्यक्तिहरूदेखि आयोजक टिमहरूका केही व्यक्तिहरू नै बाहिर थिए। भिडभित्रबाट कसैले भन्दै थिए “तामाङहरू बाहिर भित्र गैर- तामाङहरू मात्रै” कसैले भन्दै थिए “बोलाएर तामाङहरु लाई मात्र भित्र हुले” कसैले भन्दै थिए “आफ्ना मान्छेहरु मात्रै च्यापेर आयोजकले भित्र लगे “हल व्यवस्थापनमा तामाङ समाज क्रोएसिया चुकेकै हो। यो ठूलो गल्ती हो। हामीले अध्यक्ष समीप लामालाई प्रश्न गर्यौँ “अध्यक्षज्यू दर्शकहरु चार भागमा एक भाग मात्र प्रवेश पाए नि एक महिना अगाडिबाट प्रचार गर्ने अनि हल चाहिँ सानो लिने” अध्यक्षले जवाफ दिए ” तामाङ समाजको कार्यक्रममा यतिको हुनैपर्छ अलिअलि दर्शक फर्किनै पर्छ”। यो जवाफबाट नै थाहा हुन्छ अध्यक्ष कति कच्चा छन् भनेर ।
तामाङ समाज क्रोएसियाका संरक्षक दावा लामा भन्दै थिए ११ पेजको पानामा हस्ताक्षर गरेर हल लिएका थियौँ दर्शकहरूलाई भित्र छिराउनलाई धेरैपटक हारगुहार गर्यौ तर हल व्यवस्थापकले उल्टै कार्यक्रम बन्द गर्न आग्रह गरे। केही सीप लागेन अन्तत जे जति दर्शक प्रवेश भएका थिए त्यतिमै कार्यक्रम चलाउन विकल्प रहेन
सोनाम लोछार कार्यक्रम भव्यताको साथ सम्पन्न गर्यो तामाङ समाज क्रोएसियाले
तामाङ समुदायको परम्परा भाषा धर्म संस्कृतिहरूको संरक्षण समृद्धि र प्रवर्द्धन गर्ने उद्देश्यले तामाङ समाज क्रोएसियाले तामाङहरूको ठूलो पर्वलाई भव्यताको साथ सम्पन्न गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैरआवसीय नेपाली संघ क्रोएसियाका अध्यक्ष सूर्यबहादुर थिङ साइमन लामा अतिथिहरूमा क्रमश व्यवसायी तथा तामाङ समाज क्रोएसियाका संरक्षक दावा लामा,व्यवसायी कमलमान गुरुङ, सुनिल बम, हर्क साउ ,दुर्गा अधिकारी लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति थियो।
कार्यक्रममा पुरानो सेलोगायक रामबाबु योन्जन, रमित लामा, प्रनिल वाइबा ,बुद्ध लामा ,गगन तामाङ लगायत विभिन्न कलाकारहरूले गायन प्रस्तुति राखेका थिए।
भने नृत्यतर्फ क्यालियाना तामाङ, प्रिन्स तामाङ, दीपा लामा लगायतले मनोरञ्जन दिएका थिए कार्यक्रममा तामाङ समाज क्रोएसियाका सांस्कृतिक विभागका प्रमुख कमल रुम्बाले नित्य लगायत अन्य क्षेत्रमा राम्रो ध्यान पुर्याएको प्रष्ट देखिएको थियो।
तामाङ समाज क्रोएसियाले दर्शकहरूलाई क्षमा याचना गर्दै प्रेस विज्ञप्ति निकालेको छ। विज्ञप्तिको पूर्णपाठ यस्तो छ।