२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

मगर समाज क्रोएसियाको गठन सम्पन्न अध्यक्षमा सुरेन्द्र आले मगर-Euro Sanchar

क्रोएसिया // फेब्रुअरी 17

पछिल्लो समय नेपालीहरुको रोजगारीको राम्रो गन्तव्य बनेको युरोपको राष्ट्र क्रोएसियामा धेरै नेपालीहरूको चाप बढ्दै गएको छ। नेपालीहरूको बढ्दो चापसँगै क्रोएसियामा विभिन्न संघ-संस्थाहरूको उदय भएको छ ।
त्यस्तै क्रोएसियामा छहरिएर बसेका मगरहरूले आफ्नो पुरानो मौलिक परम्परा, चाडपर्व, भाषा ,धर्म र संस्कृतिको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्ने साथै क्रोएसियामा देखिएको बेरोजगारको समस्याहरूलाई हल गर्ने मुख्य लक्ष्य लिएर मगर समाज क्रोसियाको गठन भएको मगर समज क्रोएसियाले युरो सञ्चार लाई जनाकरी दिएका छन्न ।
२०२४ फेब्रुअरी ११ आइतबारको दिन बसेको बैठकले मगर समाजको अध्यक्ष पदमा सुरेन्द्र आले मगर लाई सर्वसम्मत चयन गराएका छन्। गोरखा नगरपालिका वडा नम्बर १० टक्सानमा जन्मिएका सुरेन्द्र आले मगर साउदी अरब गोर्खा समाजका पूर्व अध्यक्ष तथा मगर समाज मलेसियामा कमिटी सचिवको पद सम्हालिसकेका व्यक्ति हुन् ।
सुरेन्द्र करिब १० वर्ष गल्फको मलेसिया र साउदी बसेर 2019 मा क्रोएसिया छिरेका व्यक्ति हुन्।

क्रोएसिया नेपाली समाजको अध्यक्ष , एनआरएनए क्रोएसियाको वरिष्ठ उपाध्यक्ष, गोरखा समाजका वरिष्ठ सल्लाहकार हुँदै हाल नवगठित मगर समाज क्रोएसियाका अध्यक्ष पदको जिम्मेवारी लिएका छन् ।

विभिन्न देशमा हुँदा विभिन्न चरणको पदहरूमा सक्रिय हुँदै आएका सुरेन्द्र मगर समाज क्रोएसियामा भिन्न तरिकाले समाजसेवा गर्ने प्रतिबद्धता जनाएका छन्।
मगर समाज क्रोएसियाले अबको दिनहरूमा नेपाल तथा विश्वमा रहेका मगर सङ्घहरूसँग समन्वय गरी आफ्नो भाषा, लिपि , संस्कृति साथै विभिन्न समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्ने प्रतिबद्धता गरेका छन्। साथै क्रोएसियामा भएका समस्याहरूलाई मध्यनजर गर्दै नेपाली कामदारहरूको हक हितमा सदैव अग्रपन्थीमा उभिने अठोट गरेका छन्।

मगर समाज क्रोएसियाका नवनिर्वाचित पदाधिकारीहरूको नामावली यस प्रकार छ।

अध्यक्ष : सुरेन्द्र आले मगर
वरिष्ठ उपाध्यक्ष ; जीवन बुढामगर
उपाध्यक्ष ; सुरेन्द्र पुन मगर
महिला उपाध्यक्ष ; सपना जुग्जाली मगर
उपाध्यक्ष ; नीर सोबिन मगर
सचिव ; हरिबहादुर राना मगर
सह-सचिव ; देवेन्द्र गजुवा मगर
कोषाध्यक्ष ; रुद्रबहादुर ट्याडी मगर

सदस्यहरू : दिपेश दुर्लामी मगर पद्म दर्लामी मगर ,धनबहादुर थापा मगर ,मुस्कान घर्ती मगर, अमृत आले मगर ,कृष्णबहादुर आले मगर, नेत्रबहादुर आले मगर, ज्योति खपाङ्गी मगर, निरु पुन मगर ,विकास थापा मगर।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस