२०८१ मङ्सिर ६ गते बिहिवार | 2024 November 21st Thursday

सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ

जाग्रेब, क्रोएसिया

क्रोएसियाको राजधानी जाग्रेबमा सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ।

नेपाली नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै सामाजिक संस्था सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाले अन्तर्राष्ट्रिय शान्ति र विकासका लागि खेलकुद दिवस सन् २०२४, ६ र ७ तारिखका दिन नेपालको राष्ट्रिय खेल भलिबल खेलको खुल्ला प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

खुल्ला भलिबल प्रतियोगिताको लागि क्रोएसियामा भएका सङ्घ-संस्था लगायत इच्छुक टिमले अप्रिल ४ बेलुकी ५ बजेसम्म टिम दर्ता गराइसक्नुपर्नेछ। प्रति टिम शुल्क १२५ युरो रहेको र टाइसिट ४ अप्रिल बेलुकी ६ बजे आयोजकले हिमालयन करिमा प्रकाशित गर्ने छन् । खेल प्रचलित टीटी नियमानुसार खेलाइने र प्रतियोगितामा भाग लिन सबै खेलाडीको नामथर र ठेगाना स्पष्ट हुनुपर्ने छ। खेलमा आउने बिबादको अन्तिम निर्णायक आयोजकले गर्ने छ ।

खेल विजेताले ७०५ युरो ,उपविजेताले ४०५ युरो र तृतीय हुने टिमले २५० युरो पुरस्कार प्राप्त गर्नेछन्। साथै प्रथम द्वितीय र तृतीय हुने टिमले टफी, प्रमाणपत्र साथै मेडल प्राप्त गर्नेछन्।

खुल्ला भलिबल प्रतियोगिताको मुख्य प्रायोजकमा हिमालयन करि रहेको छ सह-प्रायोजकमा ADRIATIC EMPLOYMENT र काठमाडौँ मार्ट रहेका छन् । साथै प्रायोजकमा क्रमश; सोभरिया डट कम, हाम्रो कफीवार र बुद्धमार्ट रहेका छन्।

गैरआवासीय नेपाली सङ्घ क्रोएसिया , ZAGREBCKI ODBOJKASKISAVEY समर्थित रहेका छन् । साथै मिडिया पार्टनरमा युरो संचार मिडिया र सैलुङ अनलाइन रहेका छन्।
खेल जाग्रेब भलिबल सङ्घको खेलमैदान JARUNSKA -5 मा हुनेछ।

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस