२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

28 देशमा फैलिएको ‘मोना ’ क्रोएसियामा पनि उदायो // ‘मोना क्रोएसिया ‘को पहिलो अधिवेशन 2023-Croatia

बिनोद अधिकारी , जाग्रेब क्रोएशिया

20 September 2023

म्याग्दी प्रवासी नेपाली सङ्घ राष्ट्रिय कार्यकारी समिति (मोना) क्रोएसियाले पहिलो साधारणसभा गर्दै अनलाइन भोटिङ प्रणाली तथा निर्वाचन समितिले कार्यसम्पादनको आधारमा नयाँ कार्यसमिति चयन गरेको छ । साथै क्रोएसियाको राजधानी जाग्रेबमा अवस्थित The Movie Pub मा हरितालिका तीजलाई विविध सांस्कृतिक कार्यक्रम गरेर मोना क्रोएसियाले पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ ।

विशिष्ट अतिथिहरुलाई स्वागत तथा सम्मान गर्दै नेपालको राष्ट्रिय गाना गाएर कार्यक्रम सुरु भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा मोना अन्तराष्ट्रिय निबर्तमान प्रथम उपाध्यक्ष एवं NRNA नेदरल्यान्डका निबर्तमान अध्यक्ष मिम पुर्जा साथै विशेष अथिती का रूपमा मोना क्रोएसियाका संस्थापक तथा संयोजक रामकृष्ण शर्मा ,मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दास, NRNA क्रोएसियाका उपाध्यक्ष सुनिल बम , NRNA क्रोएसिया का सल्लाहकार एवं व्यवसायी दावा लामा, NRNA क्रोएसियाका सचिव हर्क साहु,सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाका अध्यक्ष टीका शर्मा ,हिमालयन करीका सञ्चालक मानसिंह धामी ,NRNA क्रोएसियाका सदस्य मनि काफ्ले लगायत विविध क्षेत्रबाट प्रतिनिधित्व गरेर आएका व्यक्तिहरूको विशेष अतिथिको रुपमा उपस्थिति थियो ।

उक्त कार्यक्रममा उपस्थित रहेका अनुमानित 3 सय दशकलाई खिर साथै तीजमा खाइने दर वितरण तथा म्याग्दी जिल्लाको चिनारी झल्काउने विविध सांस्कृतिक कार्यक्रम गरेर मोना क्रोएसियाले उपस्थित रहेका दर्शक तथा विशेष अथितिहरुलाई मनोरञ्जन गराएको थियो । उक्त कार्यक्रममा क्रोएसियामा रहेका नेपाली कलाकारहरूले तिज गित ,थाली नाच लगायत विविध मनोरञ्जनका कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

मोना क्रोएसिया लाई उद्घाटन तथा सम्बोधन गर्दै प्रमुख अतिथिका रुपमा रहेका मिम पुर्जाले ‘मोना क्रोएसिया’ कान्छो मोनाको संज्ञा दिएका थिए साथै म्याग्दीमा जन्मिए , हुर्किएर विविध कारणले विदेशिएर पनि विश्वका कुनाकुनामा रहेपनि आफ्नो देश , आफ्नो मातृभूमिलाई मन-मस्तिष्कमा राख्दै म्याग्दी समाजको निर्माण भएको र म्याग्दी समाज हुँदै हाल अन्तर्राष्ट्रियरुपमा मोनाको स्थापना भएको बताए। साथै मोना म्याग्देलीहरूको साझा संस्था भएको र मोनालाई थप उचाईमा पुर्याउन सबै प्रवासी मोना बासीको साथ चाहिने बताए साथै मोना म्याग्दीसरकार सँग मिलेर धेरै कामहरु गरेको र मोना म्याग्देलीहरूको दुख सुखमा सधै सक्रिय रहने कुरा जानकारी दिएका थिए।

त्यस्तै, NRNA क्रोएसियाको उपाध्यक्ष सुनिल बम ले कार्यक्रमलाई सम्बोधन गर्दै ‘मोना क्रोएसिया’ लाई बधाई साथै हरितालिका तिजको शुभकामना व्यक्त गरेका थिए । म्याग्दीमा जन्मेका महावीर पुन, विश्व उत्कृष्ट साहसी महिलाको लिष्ट पर्न सफल भएकी ‘सपना रोकामगर’ लगायत विभिन्न व्यक्तिहरुलाई सम्झिँदै नयाँ कार्यसमिति मोनालाई बधाई दिएका थिए साथै क्रोएसियामा स्थापना भएका विभिन्न संघसंस्थाहरु सँग NRNA सधैं निरन्तर साथमा रहने जानकारी दिए साथै क्रोसिया मा नेपालीहरूको चाप बढेसँगै विभिन्न घटनाहरु बढ्दै गएको जानकारी दिदै केही खराब प्रविधिका दलालहरूले काम लगाइदिने भन्दै ठगी गरेको र पैसा लिएर भनेको जस्तो काम नलगाउने र कति दलालहरुले काम नै नलगई पैसा लिएर भूमिगत भैदिने विकृति बढेको भन्दै यस्ता गतिविधिहरु जाग्रेब पुलिस समक्ष पुगेको जानकारी दिए साथै यस्ता गलत काम गर्न गराउन नहुने यदि कोही कसैले गरेको भए सुध्रन आग्रह गरेका थिए ।

त्यस्तै ‘मोना क्रोएसिया’संस्थापक तथा संयोजक रामकृष्ण शर्माले कार्यक्रममा सम्बोधन गर्दै ‘प्रवासी म्याग्देलीको चाहना म्याग्दीको परिकल्पना’ भन्ने मुल मन्त्रको साथमा क्रोएसियामा मोना क्रोएसियाले पहिलो अधिवेशन तथा नारीहरूको विशेष चाड तीजलाई कार्यक्रम गर्दै मनाउन पाउँदा हर्षित भएको बताए एक दशकदेखि मोनाको कार्यसम्पादनको विभिन्न बिभिन्न चरणको पदहरूमा बसेर काम गरेको जानकारी दिँदै मोना क्रोएसियाको प्रथम संस्थापक को भुमिकामा रहँदा खुसी व्यक्त गरेका थिए मोनालाई अन्तराष्ट्रिय रुपमा फैलाउन सहयोग पुर्याउने म्याग्देलीहरुलाई सम्झिँदै बधाई दिएका थिए । 28 वटा देशमा फैलिएको मोनाले म्याग्दी जिल्लामा दैविक प्रकोप, भुकम्प, बाडी ,पहिरो जस्ता समस्याहरुमा साथ दिएको जानकारी दिए साथै भूकम्पले क्षति पुराएर घरविहीन भएका म्याग्देलीहरुलाई 40 वटा घर निर्माण गरेको कुरा जानकारी दिए साथै कोरोना महामारीको समयमा घर घरमा अक्सिजन र हस्पिटलहरुमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको जानकारी दिए क्रोएसियामा 200 हाराहारीमा रहेका म्याग्देलीहरूको मोना दुःख सुखको बगैंचा हो यसलाई विकास र जगेर्ना गर्नुपर्ने जनाएका थिए। साथै आफ्नो कार्यकालमा रचनात्मक तथा उल्लेखनीय सहयोग भएको जनाउँदै क्रोएसियामा फैलिदै गरेको मोनाको अभियानमा सक्रिय भएर लाग्ने बताए

त्यस्तै, NRNA क्रोएसियाका सल्लाहकार तथा व्यवसायी दावा लामाले ‘मोना क्रोएसिया’ का नयाँ पदाधिकारीहरुलाई अग्रिम बधाई दिँदै क्रोशियामा विगतमा भन्दा हाल धेरै नेपालीहरूको तीव्र आगमन तथा कर्म थलो भएसँगै विभिन्न संघसंस्थाहरूको गठन भएकोमा खुसी व्यक्त गरेका थिए । 2020 देखि क्रोएसियामा व्यवसायमा हात हालेका दावा लामाले नेपालीहरूको आवश्यकतालाई मध्यनजर गर्दै Himalyan Hostel , Everest MO; MO, Kathmandu MART गर्दै हाल ID GLOBAL Travel खोल्न पुगेको जानकारी दिए साथै क्रोएसियामा बिस्तारै कामको सिजन सकिए सँगै धेरै नेपालीहरुमा बेरोजगार हुने क्रम बढेकोमा दुःख व्यक्त गरेका थिए साथै बेरोजगार भएका नेपालीहरुलाई सबै संघसंस्था एवं व्यक्तिहरुले चासोको रुपमा गम्भीर भएर लिनुपर्ने बताउनुभयो /

त्यस्तै नवनिर्वाचित अध्यक्ष रुपेश सुन्दास ले मोनाका गतिविधिलाई निरन्तरता दिदै क्रोएसियामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई मोनामा आवद्ध बनाउने अभियान संचालन गर्ने बताउनुभयो । उहाँले संस्थामार्फत क्रोयसिया तथा म्याग्दी जिल्लामा समेत विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाउनुभयो । उपस्थित कलाकार बिशेष अतिथि लगायत खेलाडीहरुलाई सम्मान साथै बन्दसत्र गर्दै अनलाइन भोटिङ प्रणाली तथा निर्वाचन समितिले कार्यसम्पादनको आधारमा नयाँ कार्यसमितिमा चयन भएका पदाधिकारीहरुलाई प्रमुखअतिथि द्वारा सपथ ग्रहण गराईएको थियो

मोना क्रोएसियाको प्रथम अधिवेशनबाट मोना क्रोएसियाको अध्यक्षमा रुपेश सुन्दास चयन हुनुभएको छ नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्ष सपना जुग्जाली, प्रथम उपाध्यक्ष देबिन गर्वुजा, द्वितिय उपाध्यक्ष सुमन थापा, महासचिव प्रेम परियार, सचिव रमेश परियार, सहसचिव दिपा मल्ल, कोषाध्यक्ष कृष्ण बानियाँ, सहकोषाध्यक्ष राम्जी पौडेल, महिला संयोजक अन्जु फगामी, महिला सह संयोजक सुनिता विक रहेका छन ।

त्यसैगरि सदस्यहरुमा तेजेन्द्र फगामी, सुजन बैद्य, सुरज बैद्य, कृष्ण केसी, जस बहादुर पुन, राजेश केसी, आषिश परियार झिल्के, अर्जुन रत्न, डिल रत्न, राजु रत्न, विर रत्न, राम लामिछाने, केसर पुन, पुष्कर पुन, गोविन्द सुन्दास रहेका छन ।

म्याग्दी प्रवासी नेपाली सङ्घ राष्ट्रिय कार्यकारी समिति मोना क्रोएसिया को बिधान 2023

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस