२०८१ मङ्सिर ६ गते बिहिवार | 2024 November 21st Thursday

चेक रिपब्लिक पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ

“ चेक रिपब्लिक पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ ”(2080-06-04)
दाताराम भट्टराई समेत ५० जनालाई वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाईदिन्छु भनी रु. ४०,८४,०००/- ठगी गर्ने जिल्ला झापा गौरादह न.पा. वडा नं. ४ स्थाई घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १० नयाँबानेश्वर बस्ने बर्ष २५ को अमृत कार्की र ऐ.ऐ बस्ने वर्ष २६ को अशोक कार्की लाई पक्राउ गरी मिति २०८०।०६।०३ गते पक्राउ गरी कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ /

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस