11- डिसेम्बर,क्रोएसिया
क्रोएसियालाई कर्मथलो बनाउँदै आएका नेपालीहरुले क्रोएसियामा विभिन्न संघ-संस्थाहरुको गठन गर्दै आएका छन् ।
त्यस्तै लामो समय देखि क्रोएसियामा बसोबास गर्दै आईरहेका नेपालीमूलका तामाङहरूले तामाङ समुदायको मौलिक भाषा, धर्म ,चाडपर्व , भेषभूषा ,कला, संस्कार र संस्कृतिलाई परदेशको भूमिमा पनि यसको विकास, संरक्षण र प्रवर्द्धन गर्ने र छरिएर रहेका तामाङ युवाहरुलाई एउटै छातामुनि ल्याई एकता गर्ने उद्देश्यले क्रोएसियाको राजधानी जाग्रेबमा सामाजिक संस्था तामाङ समाज क्रोएसियाको गठन गरेका छन् ।
क्रोएसियाको राजधानी जाग्रेबमा 10 डिसेम्बर 2023 आइतवार आप्पा होस्टेलमा बसेको बैठकले तामाङ समाज क्रोएसियाको अध्यक्ष पदमा सनिप लामा लाई सर्वसम्मत चयन गराएका छन् भने वरिष्ठ-उपाध्यक्षमा गन बहादुर तामाङ छन् त्यस्तै उपाध्यक्षमा हरि तामाङ, मान बहादुर तामाङ ,प्रकाश चन्द्र तामाङ , प्रमिता थोकर ,दुद राज भोलान रहेका छन् । महासचिवमा विशाल तामाङ,सचिवमा बुद्ध लामा, सह-सचिवमा जीवन तामाङ,कोषाध्यक्षमा दिपा लामा ,सह-कोषध्यक्ष सिर्जना तामाङ योन्जन, लामा प्रमुखमा लोप्सान तामाङ , कमल योन्जन रहेका छन् ।
नवगठित तामाङ समाज क्रोएसियाको प्रमुख सल्लाहकार तथा संरक्षकमा NRNA क्रोएसियाका सल्लाहकार तथा व्यवसायि दावा लामा रहेका छन् भने प्रमुख सल्लाहकारमा NRNA क्रोएसियाका अध्यक्ष साइमन लामा रहेका छन् ।
त्यस्तै सल्लाकार तर्फ नुर्बु लामा ,ठाकुर घिसिङ,घन बहादुर तामाङ रहेका छन् साथै तामाङ समाज व्यवस्थापकमा अब्राहम तामाङ, संस्कृति विभाग प्रमुखमा कमल रुम्बा ,संस्कृति विभाग सचिवमा बिजय पाख्रिन ,सञ्चार विभागमा गगन तामाङ र तामाङ समाज प्रबक्तामा प्रियसन स्याङतान रहेका छन् ।
तामाङ समाज क्रोएसियाले तामाङहरूको मुख्य मौलिक चाडपर्वहरु मनाउने, विभिन्न मनोरञ्जनका कार्यक्रमहरु सञ्चालन गर्ने साथै नेपालमा आपतविपतमा परेका तामाङ समुदायहरुलाई सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।
शैक्षिक,आर्थिक,सामाजिक,राजनीतिक क्षेत्र जस्ता समाज रुपान्तरणका मुख्य अंगहरुमा तामाङ युवाहरूको पहुँचलाई सक्रिय गराउने साथै समन्वयको भूमिका खेल्ने एवं समन्वय गर्दै समाजप्रतिको गहन जिम्मेवारी वहन गर्दै जाने मुख्य लक्ष्य तामाङ समाज क्रोएसियाको रहेको जानकारी प्रमुख सल्लाहकार एवं संरक्षक दावा लामाले युरो सञ्चार लाई जानकारी दिएका छन् ।
छाता संगठनको रुपमा रहेको गैरआवासीय नेपाली संघ ( NRNA ) क्रोएसिया सँग पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता तामाङ समाज क्रोएसियाले लिएको छ ।
पदाधिकारीहरूको नामावली यस प्रकार रहेको छ ।
minute-10-Dec-2023.pdf”>first minute 10 Dec 2023